शनिबार, ०८ बैशाख २०८१

परस्पर सम्मान,सदभाव र सह अस्तित्वको विकल्प छैन ।

इजहार मिकरानी

२९ बैशाख २०७७, सोमबार १६:५५ मा प्रकाशित
नेपाल लगायत दक्षिणी ऐशियाई मुलुकहरूमा मुख्यरुपमा हिन्दू, इस्लाम, बौध्द क्रिश्चियन र सिख धर्मावलम्बीहरूको बसोबास छ । यी धर्म मान्ने समुदायहरूको उपस्थिति संसारभरि नै छ ।
हिन्दू र मुस्लिम दक्षिण एशियामा सर्वाधिक संख्यामा छन् । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको कुल संख्या 85 करोड प्लस छ भने मुस्लिमहरूको कुल संखया 70 करोड प्लस रहेको छ । यस क्षेत्रका सबै धार्मिक समुदायहरू आर्थिक, सामाजिक, राजनीतिक र व्यापारिक उद्देश्यले एक अर्का माथि निर्भर छन् । एउटाले अर्कालाई बायकाट गरेर बाकी रहने अवस्था छैन ।
राजा महाराजाहरूको बीचमा राज्यसत्ताको लागि विभिन्न कालखण्डमा भएको युद्ध, विदेशी शासन र नयां नयां राष्ट्रको निर्माणका बावजुद हजारौं वर्ष देखि यस क्षेत्रमा सबै धार्मिक समुदाय विशेष गरेर हिन्दू र मुसलमान आपसमा मिलेर बस्दै आएका छन् ।
सबै समुदायको गौरवशाली इतिहास झल्काउने विशाल धरोहरहरु आफ्गानिस्तान देखि बंगलादेश सम्म आज पनि जीवन्त छन् ।
ताजमहल, लालकिला र कुतुब मीनारको निर्माणमा मुसलमान संगै लाखौं हिन्दूहरूको श्रम लागेको थियो भने हिन्दू राजाहरूको वैभवशाली दरबार र ठुला ठुला मन्दिरहरूको निर्माण मुस्लिम कालीगढहरूले गरेको प्रमाण त्यहां रहेको सानो मस्जिदले बताइरहेको हुन्छ । जनकपुरको विशाल जानकी मन्दिरको छेउमा सयकडौं वर्ष देखि सानो तर सुन्दर मस्जिद यसको ज्वलन्त उदाहरण हो ।
तुक्ष राजनीतिक उद्देश्य प्राप्तिका लागि विगत केहि वर्ष देखि धर्मको आवरणमा, भगवानको नाममा सोझा साझा जनतालाई उचालेर जुन किसिमको घृणा र साम्प्रदायिकताको जहर समाजमा मिश्रण गरिंदै छ त्यसबाट स्वार्थी समूहलाई तात्कालीन अवस्थामा लाभ होला तर यसबाट कुनै समुदाय विशेषको अस्तित्व समाप्त गर्न सकिंदैन । कुनै एउटा धार्मिक समूहले अर्को धार्मिक समूहलाई समाप्त गरिदिने वा शोषण र दमन गरेर राज्य गर्ने सपना नदेखे हुन्छ ।
घृणा र साम्प्रदायिक्ताको विष सवय॔ षडयन्त्रकारीहरूका लागि घातक हुने गर्दछ । स्थानीय प्रशासन र अन्तर्राष्ट्रीय समुदय सक्रिय हुन थाले पछि घृणा र इस्लामोफोबिया फैलाउने खलनायकहरू अहिले दिल्ली, मुम्बई, बैंगलोर र दुबईमा लुकेर बसिरहेका छन् ।
दक्षिण एशिया क्षेत्रका आम जनसमुदायको चाहना समृध्दि, सुरक्षा र शान्ति हो जसको लागि परस्पर सम्मान, सद्भाव र सह अस्तित्व अपरिहार्य छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter