बिहिबार, १५ चैत २०८०

नेपाल हज समितिका अध्यक्षको अभिव्यक्ति अत्यन्तै गैर जिम्मेवार : हाजी ताज मोहम्मद मियाँ

ताज मोहम्मद मियाँ नेपाल हज समितिका पूर्व अध्यक्ष

२५ बैशाख २०७७, बिहीबार २२:४६ मा प्रकाशित

“प्रसंग नेपाल हज समितीका अध्यक्ष को भनाइ संग सम्बन्ध” आज प्राइम टि भि मा दिएको अन्तर्वार्ता दिदा पहाडी मुस्लिम लाई तराईका मुस्लिमहरुले स्वीकार गर्दैनन र पहाडी मुस्लिमहरु आत्मरक्षा गर्न तिर जुधिराखेको भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै गैर जिम्मेवार, समुदायलाइ नै बिभाजन गर्ने र संबिधानको भावाना र मर्म बिपरितको अभिव्यक्ति हो भन्ने मेरो ठहर छ।

मेरो २९ वर्षको राजनीति अधिकार र सामुदायिक अधिकार प्राप्तिको लडाइ भनेकै राज्य सत्ताले समुदायलाई प्रती गरेको विभेदकारी नीति द्वारा समुदायलाई नै एक आपस लडाउने र हामी अधिकार बिहिन थियौं।

हाम्रो त्यो लडाईले बिभाजनकारी संबिधान लाई बर्खास्त गरि नयाँ मार्फत संबिधान अनेक अधिकार प्राप्ति गर्दै नयाँ संबिधानमा सिर्फ नेपाली मुस्लिम भनेर राख्न सफल भयौं, त्यो नै नेपाली मुस्लिम समुदायको लागि गौरवको समय थियो।

तसर्थ= तेस्ता अभिव्यक्तिको पछाडि नलाग्न सम्पुर्ण मुस्लिम समुदाय हार्दिक अनुरोध गर्दछु। हिजो पनि हामी एक थियौं आज पनि एक छौं भोलि पनि एक नै रहनेछौं। ईस्लामले भौगोलिक र रंगभेदको आधारमा मुस्लिम समुदायलाई बिभाजन गर्ने खालको अभिव्यक्ति दिन कसैलाइ छुट समेत नदिएको कुरा अवगत गराउन चाहान्छु। अब आइन्दा यस्ता खालका अभिव्यक्ति नदिन सबै पक्षसंग अनुरोध सहित सचेत गराउदछु।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter