बिहिबार, १५ चैत २०८०

भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि बाराको कबहीगोठमा तनाव, स्थिति नियन्त्रणमा लिन हवाई फायर

२५ बैशाख २०७७, बिहीबार १७:२८ मा प्रकाशित

बैशाख २५, वीरगञ्ज– भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछिया भएर भारतबाट मानिसहरु नेपालमा छिर्न खोजेपछि सीमा तनावग्रस्त बनेको छ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रस्त भएको हो।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि भारतीयहरुले थप मानिसहरुसहित आएर सशस्त्र प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

उनले भारतीयहरुले कवहीगोठमा रहेको सशस्त्र प्रहरीको चेक प्वाईन्टमा आक्रमण गरी चेक प्वाईन्टलाई पनि भत्काइदिएको मिश्रले बताए।

‘खेतमा आएर नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो’, मिश्रले भने, ‘केही बेरपछि थप भारतीय आएर चेक प्वाईन्टमा ढुंगामुढा गर्दै भत्काइदिए।’

भारतीयहरुले आक्रमण गरेर ढुंगामुढा गर्न थालेपछि कवहीगोठका स्थानीयबासीहरु पनि नाकामा पुगेका थिए।

दुबैतर्फका मानिसहरु नाकामा जम्मा भएपछि स्थितिलाई नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले आ–आफ्ना देशका नागरिकलाई सम्झाई बुझाई गरेपछि दुबैतर्फका स्थानीयहरु आ–आफना घर फर्किएका छन्।

अहिले नाकाको अवस्था समान्य भएको प्रहरी प्रवक्ता मिश्रले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter