बुधबार, १२ बैशाख २०८१

खाड़ीमा अलपत्र नेपाली श्रमिक भन्छन्, ‘हाम्रो आवाज सरकारले कहिले सुन्ने ?’यूएई स्थित नेपाली दूतावासमा श्रमिकहरुले दिए धर्ना

२४ बैशाख २०७७, बुधबार २०:२९ मा प्रकाशित

काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् ।

उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन् । कतिपय कामदारहरुले आफूहरु खाना समेत नपाउने अवस्थामा पुगेको बताएका छन् ।

करिव पाँच महिना पहिले वैदेशिक रोजगारीका लागि साउदी पुगेका श्याम पासवानले  भने, ‘एक महिनादेखि कोठामा बसेको छु, कम्पनीले न खाना, न त पैसा नै दिएको छ । अवस्था नाजूक बन्दै गएको छ । सरकाले  चाँडै उद्दार गर्ने आशामा छु ।’

उनले आफू लगायत अन्य केही नेपालीहरुको अवस्था दयनीय बन्दै गएको बताए । काेरोनाको त्राससँगै रोग र भोकले विचल्ली हुने अवस्था आएका कारण नेपाल सरकारले उद्दारका लागि उचित पहल गर्नुपर्ने बताए ।

यसैबीच मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले आ‍फूहरु अलपत्र परेको भन्दै धर्ना दिएका थिए ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter