शुक्रबार, १६ चैत २०८०

अन-लाईन पढाईको सान्दर्भिकता: कमल सैयद मियां

१९ बैशाख २०७७, शुक्रबार १०:०० मा प्रकाशित

अहिले कोरोना भाइरस को महामारी ले गर्दा विश्व का धेरै देशहरू लकडाउन मा छन। यस परिस्थिति ले गर्दा सबै भन्दा बढी असर शिक्षा क्षेत्रमा ( शैक्षिकसत्र ) पर्ने देखिन्छ । यसैबीच देशको विभिन्न स्कुल / कलेजहरु/ बिश्वविद्यालय हरूले अन लाइनबाट पठ्न पाठ्न सुरु गरेका छन। त्यो सराहनिय र स्वागत योग्य नै छ। धेरै जसो विकसित देश हरुमा अनलाइन बिधिबाट पठनपाठन हुन्छ किनकि ति देशका सबै क्षेत्रमा सस्तो र सुलभ ईन्टरनेट को ब्यबस्थापन गरिएको छ । सबै बिद्यार्थीहरु कम्प्यूटर ल्यापटप को पहुँचमा छन र यो जुनसुकै परिस्थिति को लागि पनि उत्तम विधि हो । तर नेपालको सन्दर्भमा सम्पुर्ण विद्यार्थीहरुमा यस बिधि को पहुँच पुग्छ कि पुग्दैन एक पटक सोचौँ त ? नेपालका मुख्य सहर बाहेक अरू सहर र ग्रामीण क्षेत्रमा Internet को अवस्था दयानिय छ। सबै बिद्यार्थीहरु Computer/ Laptop र अावश्यक आर्थिक पहुँचमा छैनन् । यस्तो अबस्थामा शिक्षक Teacher ले कोर्स अगाडि बढाउने कि के गर्ने ? कोर्स अगाडि बडाउदा छुटेका विद्यार्थीहरु को के हुन्छ? यसले गर्दा विद्यार्थी र अभिभावकमा मनोबैज्ञानमा कस्तो असर पर्ला?

मैले यो भन्न खोजेको हैन कि यो सब गलत हो। सहि छ। तर हाम्रो पुर्बाधार छैन । राज्य ले येस्ता किसिमका पुर्बाधार को बिकास गर्न सकेन जुन आति अावस्यक थियो । कुनै एक समयमा नेपाल का एक प्रतिष्ठित ब्यापारी बिनोद चौधरीले नेपालको सबै क्षेत्रमा इनटरनेट सस्तो र सुलभ तरिकाले पुर्याइदिन्छु अवसर देउ भन्दा सरकारकै बहालवाला मन्त्रीले कसरी उसले पुर्याउन सक्छ कहाँबाट अायो तेत्रो पैसा उसको सम्पत्ति छानबिन गर्नु पर्छ ? भनेका कुरा अहिले सम्झनछु। के येस्तो किसिमको पुर्बाधार को बिकास पहिले नै भएको भए अहिले यो समस्या अाउथ्यो होला? त्यस कारण यो समस्या बाट देश को कुना- कुना सम्म सरल इनटरनेट पुर्याउन राज्य को ध्यान जाअोस।

कमल सैयद मियाँ
गोरखा नगरपालिका -२,गोरखा
(ksmchemist@gmail.com)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter