शुक्रबार, १६ चैत २०८०

थोरै आफन्तले गरे इरफान खानको अन्तिम बिदाइ

१७ बैशाख २०७७, बुधबार २२:०७ मा प्रकाशित

मुंबई – बलिउड अभिनेता इरफान खानकोआज  बुधबार अपराह्न अन्त्येष्टि गरिएको छ।

मुम्बईको बर्सोवास्थित ‘कब्रस्तान’मा सुपुर्देखाक गरी उनको अन्तिम बिदाइ गरिएको हाे।

अन्त्येष्टिमा उनका दुई छोराका साथै आफन्त तथा निकटका साथीहरु सहभागी भएका थिए। लकडाउनका कारण उनको अन्त्येष्टिमा धेरै मानिसहरुको सहभागिता भने थिएन।

लकडाउनका कारण बढीमा २० जना मात्रै अन्तिम संस्कारमा सहभागि हुन पाउने नियमका कारण बलिउडकर्मीका साथै सर्वसाधारण आफ्ना प्रिय अभिनेताका अन्तिम संस्कारमा सहभागि हुन पाएनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई अस्पतालबाट सिधै अन्तिम संस्कारको लागि लगिएको थियो।

बुधबार विहान मुम्बईको कोकिला बेन अस्पतालमा इरफानको निधन भएको हाे। उनी लामो समयदेखि न्यूरो इन्डोक्राइन ट्यूमरबाट पीडित थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter