शुक्रबार, ०७ बैशाख २०८१

बारा र पर्सा का तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संख्या ५७ पुग्यो

१७ बैशाख २०७७, बुधबार १५:०३ मा प्रकाशित

काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्।

संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । यस्तै अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनैजना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर फर्किएका थिए ।

गएको आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एकजना दिल्लीको धार्मिकसभामा सहभागी भएका थिए ।

उनीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनकै रिपोर्ट पोजेटिभ भएको आएको हो । यसैगरी बाराका संक्रमित पनि जमातीको सम्पर्कमा आएको हुन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter