मङ्गलबार, ११ बैशाख २०८१

कोरोना माहामारी र मुस्लिम समुदाय

सल्मा बेगम

८ बैशाख २०७७, सोमबार २२:२४ मा प्रकाशित

 

कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ।
सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा तिर्थ यात्री (जमाती) आकस्मित lockdown को कारण आफ्नु घर फर्किन नसके पछि सरकार को “जाहा हुनु हुन्छ तेहि सुरक्षित साथ रहनुस भन्ने आदेस “लाई पालाना गर्दै उनिहरु नजिकैका आफुलाइ पायक पर्ने धार्मिक स्थल मा सरण लिगि बसेका थिय।यो घटना लाई अधार मानि समूह मा बसेका ती भारतीय नागरिक मा कोरोना संक्रमण देखिय पछि ,नेपाली समाज मा बर्सौ देखि मिल्दै आयको सामजिक सद्भाव बिथोलिन पुगेको हो।भारातिय मिडिया को नकारात्मक प्रभाब नेपाली समाज मा देखा परे पछी lockdown को कारण फुर्सद मा रहेका नेपाली हरु ,मुसलमान हरु ले नेपाल मा कोरोना फैलाय भनेर आतंक मच्चाउन सुरु गरे।
बास्तबिकता सारै नै सामन्य छ ,नत कोरोना भाइरस कुनै जाती विशेष लाई लाग्छ, न कुनै ब्यक्तिमा कोरोना अरुलाइ सार्छु भन्ने मानसिकता हुन्छ, यो येउटा pandemic outbreak हो,जुन येक ब्यत्ती बाट अर्को,येक सहर बाट अर्को हुँदै सनसार भरी फैलिदै छ,यो कसैले चाहेर सार्ने र सराउने मानसिकता पनि हुदैन।यदि उनी हरु कोरोना सार्न चाहान्थ्य भने बाहीर निस्केर हिड्थ्री,कुनै मस्जिद या मद्र्सा मा बस्दैन थिय, उनी हरु ले आफू मस्जिद मा फसेका बेला त्यहा को प्रहरि प्रसासन लाई जानकारी नगरायर गल्ती गरे तर यति कुरा लाई लियर सिङ्गो मुस्लिम समुदायलाई समेटी समाजिक सद्भाव नै खलल पर्ने कुरा कदापी उचित हुदैन।
तपाईं कतै यात्रा गर्दै गर्दा अफ्ट्यारो मा परे के गर्नु हुन्छ? आफ्नु भगवान पुकार्नु हुन्छ ,कतै मन्दिर देखे प्रथना गर्नु हुन्छ,तेस्ले नि नभय येहि मन्दिर मा सरण लिनु हुन्छ, उनी हरु ले पनि तेहि त गरे,मन्दिर मस्जिद भनेको भगवान को घर हो, तेहा उनी हरु लुकेका होइनन ,बचेका हुन,सरण लिगेका हुन,सन्सार मा सबै लाई आफ्नु ज्यान भन्दा प्यरो केही हुन्न,रोग र शोक बाट सबैलाइ डर लाग्छ, उनी हरु ले तेहि आफ्नु ज्यान जोगयाका हुन ।
यसै अर्को case दुई नन्दाभाउजु को बिषयमा भयका टिकाटिप्पणी पनि मुस्लिम समुदाय को लागि दुखद घट्ना नै बन्न पुग्यो।कुनै अधार र प्रमाण बिना नै मात्र तीन्का पहिचान मुस्लिम भयको कारण मिडिया मा धेरै नै उछालियो, दुख लागेको कुरा कसैले पनि तिनलाइ दुई “नेपाली महिला “ले बाटोमा पैसा खसाले भनेनन् ,दुई “मुस्लिम महिला” ले बाटो मा पैसा खसाली कोरोना सारे भन्ने शीर्षक ले फेरि समुदाय माथी अर्को धप्पा थपिदिय। जुन नेपाल को रास्ट्रय स्थर को पत्रपत्रीका ले समाचार बनाय।
तिनी हरु bank बाट मात्र पैसा झिकेर आयका थिय,बाटो मा पुलिस देखे,डरायर हतार हतार मा भाग्न खोज्दा भुइ मा केही खुजुरा पैसा खस्यो ,बस समाज लाइ लाग्यो उनिहरु मुस्लिम हुन, पक्कै कोरोना फैलाउन येसो गरे ,अनि बेकसुर लाचार माथी खन्निय , किन येति अबुज मेरो समाज?,मुस्लिम समुदाय प्रती किन येस्तो घृणा ??
आज को दिन सम्म आइपुग्दा नेपाल मा धेरै परिवर्तन आय,राजतन्त्र बाट लोकतन्त्र आयो,हिन्दु रास्ट्रबाट धर्म निरिपेक्ष बन्यो,एकात्मक सासनसत्ता बाट संघीयतामा तथा समानुपातिक समाबेसिकरण बन्यो तर समाज ले मुस्लिम पनि नेपाली नै हो भनेर पचाउन गाह्रो माने।
आज को येस्तो माहामारी मा हामी सबै नेपाली मिलेर नेपाल लाउ बचाउनु पर्छ,यो तेरो र मेरो सम्स्या हैन देशब्यापी समस्या हो,र हामी येस्लाइ आपसि सद्भाव र मेलमिलाप बाट मात्र जित्न सक्छौ ।यस्को लागि हामी सम्पुर्ण येउटा सभ्य नागरिक को हैसियत ले आफ्नु ठाँउ बाट विभिन्न तरिका ले सरकार लाई सहयोग गर्न पछि नपरोउ, याद रहोस कोरोना virus कुनै बेला कसै माथी पनि लाग्न सक्छ,तेसैले आफ्नु छर छिमेक मा समाज मा भै रहेका हरेक गतिविधि हरु बाट सतर्क रहि सरकार को आदेस को पुर्ण पालना गरुम,आफू बाचै र आफ्नु समुदाय रास्ट्र लाई बचाउ,धार्मिक र सम्प्रदाइक द्वन्द्व बाट आफ्नु रास्ट्र लाई जोगाउ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter