बिहिबार, १५ चैत २०८०

नेपालको सम्पत्तिनै धार्मिक सहिष्णुता,सामाजिक सद्भाव हो : ताज मोहम्मद मियाँ

८ बैशाख २०७७, सोमबार १२:३३ मा प्रकाशित

“अस्सलामु वालैकुम”
आदरणीय मेरा मौलाना इमाम साहबहरु, मुस्लिम अग्रज ज्युहरु, विभिन्न राजनीतिक दल संग आबद्द मुस्लिम संघ संस्था, समाजिक तथा धार्मिक संघ संस्थाहरुमा रहेर काम गरिरहनु भएकाहरुलाई म आज एउटा जिम्मेवार नेपाली मुस्लिम नागरिकको हैसियतले तपाइहरुको बिच एउटा बिशेश अपिल लिएर आएको छु।

अहिले बिश्वमा कोरोना भाइरसको महामारीले बिश्व मानव जातलाई गम्भीर चुनौती दि राखेको छ भने हाम्रो देश नेपाल पनि कोरोना बाट अछुतो रहन सकेन। नेपालमा कोरोनाले प्रवेश गरिसकेको अवस्थामा केही बिदेश बाट आएका भारतीय मुस्लिम तब्लिगी जमातिहरु नेपालको विभिन्न भागमा बसोवास गरेर रहेका मुस्लिम समुदायको मस्जिद मद्रशामा बसोबास गरेको पाइएको छ भने केहिमा कोरोना भाइरस पोजेटिभ भेटिएको कुरा सबैमा जानकारी भएकै कुरा हो।

हामी नेपाली मुस्लिमहरुको दायित्व भनेको तेस्ता कोइ ब्याक्तीहरु हामी बिचमा छन भने स्थानीय सरकार या सुरक्षा निकायलाई खबर गरि ती बिदेशीहरुलाइ क्वारेन्टाइनमा राख्ने ब्यवस्था सरकाराले गरेको छ।

सरकार को बारम्बारको आग्रह लाई हामिले डर त्रास र भयको रुपमा बुझेउ र सरकार लाई सहयोग होइन असहयोग गर्ने तिर गयौं। हामी बिच रहेका बिदेशी हरुलाई सरकारको जिम्मा नलगाएर ढाक छोप गर्ने तिर लागेको देखियो।

आज कसैको सानो बच्कनापन गल्तिको कारणले देश गम्भीर संकट परेको छ भने समुदाय र राज्य बिच अबिस्वाशको संकट आउने होकि भन्ने पनि लागेको छ। समुदाय समुदाय बिचको सहिष्णुतामा कंहि चिसो पस्ने होकि भन्ने डर पनि तेत्तिकै छ।

नेपाल एक धर्म निरपेक्ष देश हो नेपालमा आ-आफ्नो धर्म प्रचार प्रसार गर्न संबिधानले नै हामिलाइ छुट दिएको छ, तर यो कोरोना भाइरस बाट हामी मानव जात बांचिए छ भने धर्म कर्म गर्ने हाम्रो नैसर्गिक अधिकार छदैछ। म एउटा सत्तारूढ पार्टी को एउटा इमान्दार र लामो इतिहास बोकेको कार्यकर्ता भएको कारणले पनि के आग्रह गर्न चाहान्छु भने मुस्लिम समाज भित्र हाम्रा बिदेशी मुस्लिमहरु कोइ कतै मस्जिद मद्रशामा छ्न भने कुनै किसिमको डर त्राश भय नमानि कृपया तेस्ता नागरिकको सम्पुर्ण विवरण सहित सुरक्षा निकाय वा स्थानीय सरकार लाई जानकारी गराएर देश प्रतीको आफ्नो दायित्व निर्वाह गर्न सम्पुर्ण मुस्लिम समुदायमा बिशेश आग्रह गर्न चाहान्छु।

हाम्रो देश नेपालको सबै भन्दा ठूलो सम्पत्ति भनेको धार्मिक सहिष्णुता सामाजिक सद्भाव राष्ट्रिय एकता हो यो सम्पत्तिलाई कसैले पनि नोक्सान गर्न सक्दैन म नेकपाको जिम्मेवार कार्यकर्ताको हैसियतले यो ग्यारेन्टी गर्न सक्छु कि जब सम्म नेपालमा कम्युनिस्ट पार्टी रहन्छ तब सम्म सहिष्णुता सद्भाव र एकता तोड्न कसैले सक्दैन भन्ने मेरो बिश्वास छ। कोसिस त बाहिय शक्तिले धेरै गरे फेरि पनि कोसिस गर्छ्न, तर नेपालमा नेकपा रहेसम्म सम्भावना छैन। तसर्थ- कोरोना भाइरस बाट आफू पनि बाचौं र अरुलाइ पनि बचाओं भन्नको लागि तेस्ता बिदेशीहरु हाम्रा बिचमा छन भने कृपया सरकार को जिम्मा लगाएर सरकार र मानव जात लाई यो कोरोनाको महामारी बाट बचाएर सहयोग गरौं। यो सरकार हाम्रो हो बिदेशी मुस्लिम हरुलाई बुझाउदा केही कतै मुद्दा मामिलाको झ्याउलो आइलाग्छकी भन्ने डर त्रास भय छ भने तेस्तो चिन्ता नगर्नुस तपाइहरुको सुरक्षाको ग्यारेन्टी हाम्रो हो हामी तपाईंहरुको साथमा छौ।

कोरोना भाइरस संग लड्न र यो बिपत्तिको घडीमा सकारलाई सम्पुर्ण नेपाली समुदायको सहयोगको आवस्यकता परेको छ। कोरोनाले कुनै धर्म समुदाय जात जाति भनेर चिन्दैन। पहिला बाचौं र बचाओं बाचिएछ भने आ-आफ्नो धार्मिक गतिविधि गर्दै गरौला भन्ने आग्रहका साथ सम्पुर्ण मुस्लिम समुदायमा यो बिशेश अपिल गर्दछु। धन्यवाद। ~अल्लाह हाफिज~

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter