शनिबार, ०८ बैशाख २०८१

जनकपुरमा दुई महिलाले सडकमा पैसा नियतवस फालेका हैनन्, गल्तीले झरेको होः प्रहरी

महिला हरु माथि झुटो आरोप लगाऊदा प्रहरी विरुद्ध कार्यवाही हुनुपर्छ: स्थानीय

७ बैशाख २०७७, आईतवार २२:०६ मा प्रकाशित

जनकपुरधाम– जनकपुरधाममा दुई जना महिलाले सडकमा पैसा नियतवस फालेको गल्तीले झरेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका १२/१३ वटा नोट भेटेपछि स्थानियबासीहरु त्रसित भएका थिए।

स्थानियहरुले दुई महिलालाई रुपैयाँ फ्याँकेको देखेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पैसा छरिएको ठाउँमा प्रहरीले सेनिटाइज गरेर पैसा लिएर स्थानियको घरमा जडान गरिएको सिसिटिभी फुटेजमा देखिएकी दुई महिलाको तस्विर सार्वजनिक गर्यो र अनुसन्धान थाल्यो।

घटना सम्बन्धमा सामाजिक सञ्जाल र विभिन्न समाचार माध्यममा समाचार सार्वजनिक भएपछि यसको त्रास झन् फैलिँदै गयो।

दुवै महिलाले कोरोना फैलाउने उद्देश्यले पैसा बाटोमा फालेको भन्दै टिकाटिप्पणी हुन थालेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा दुवै महिलालाई घटनाको दोस्रो दिन शनिबार दिउँसो पक्राउ समेत गर्यो।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरकी अलिना खातुन र उनकी नन्द अमुना खातुनलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचको लागि पठाउँदा एक जनाको र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि त्रास झन् फैलियो।

र्‍यापिड टेस्ट पोजेटिभ आएकोले थप परिक्षणको लागि पीसीआरबाट स्वाब परिक्षण गर्दा दुवै महिलाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश प्रशिक्षण प्रयोगशालाले दुवै महिलाको कोरोना भाइरस (कोभिड १९) परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेको हो।

घटनाको अनुसन्धान गर्दा पैसा नियतवस नभई गल्तीले झरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार नन्द भाउजु दुवै जना बैँकबाट पैसा निकालेर घर जाँदा बाटोमा झरेको अनुसन्धानबाट खुलेको हो।

उनले लकडाउनमा उनीहरु घरबाहिर ननिस्केकोले फरार भएको हल्ला फैलिएको बताए। सिसिटीभी फुटेजमा समेत महिलाले जानीजानी पैसा नफालेको देखिएको उनले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter