बिहिबार, १५ चैत २०८०

सजग र संयमित हुन डा. सैयदको आग्रह

६ बैशाख २०७७, शनिबार १२:१९ मा प्रकाशित

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै बढ्ने पोहो कि भन्ने सन्त्रास जनमानसमाभयको छर्लंगै अनुमान लगाउन सकिन्छ / चिन को वुहान बाट प्रस्फुटित भयको यो कोरोना संसारका धेरै मुलुक हुदै छिमेकी मुलुकमा आउदा सम्म एसले धार्मिक रंग लिन सक्ने देखिएकोले समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले गम्भीर चासो र चिन्ता ब्यक्त गर्नु भएको छ /

कोरोनालाइविश्व स्वास्थ्य संगठनले महामारीको सज्ञा दिनासाथसंसार भरकै भिडभाड हुने ठाउँहरु जस्तैधार्मिक मठ मन्दिर, मस्जिद, चर्च, स्कुल,रेस्टुरेन्ट लगायतका स्थान हरुलाई हरेक मुलुक हरुले आफ्ना नागरिकहरु बचाउनका लागि बन्दको आव्हान गरे किनकी कोरोना ले धनि,गरिब,कालो,गोरो,धर्मी,अधर्मी कसैलाई पनि बाकी राखेन र लाखौ व्यक्ति हरुलाई मृत्यको मुखमा पुर्यायो / तसर्थ यो विषम परिस्थितिमा यो महामारीबाट थप जोखिम नहोस भन्नका लागि डा. सैयदलेआम देशबासी हरुलाई सजग र संयमित हुन आग्रह गर्नुभयको छ/ धार्मिक स्थलमा अझै पनि कोहि कुनै कारणबसफस्नु भयको छ भने तुरुन्तै स्थानीय प्रशासनको सम्पर्कमा आउनु पर्छ किनकि अहिले सरकारले आव्हान गरेको लकडाउनको पूर्ण पालना गरी आफु, आफ्नो परिवार, साथि संगाती र समग्र देश लाइ जोगाउनु हामी सबैको कर्तब्य हो / नजिकिदै गरेको रमदान पर्बमा समेत कोरोना महामारीलाई मध्यनजर गरी घरमै ध्यान गर्ने,पाठ गर्ने,परोपकारी कार्यहरु गर्ने रअनिबार्य रुपले २.५ % दान निकाली निमुखा तथा असहायहरुलाई सहयोग गरी मानवीय कार्य हरु गर्न समेत डा. सैयदलेसजग गराउनु भएको छ /

कोरोना बाट बच्ने उपाय हरु – सचेत रहने तर तनाव नलिने ,लकडाउनको नियम पालना गर्ने ,सामाजिक दुरी कायम राख्ने,मास्क र पन्जाको प्रयोग गर्ने,स्यानीटाइजर प्रयोग/साबुन पानीले हात मिची मिची धुने ,सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भयकाहरुक्वारेनटाइन मा बस्ने ,कोरोना प्रमाणित भयकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने,छरछिमेकमा समस्यामा परेका हरुलाई खाद्यान्न सहितको सहयोग गर्नेतर राहत लिनजादा समेत दुरी कायम गर्ने,आफ्नो चिकित्सक, अस्पताल, एम्बुलेन्स,शब बहानर वडा कार्यालयको सम्पर्कनम्बर राख्ने ,धार्मिक भेला या सामुहिक प्रबचन को कार्यक्रम नराख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरि सहयोग गर्ने /

अन्त्यमा, यो स्थितिमा हामि सम्पूर्ण नेपाली हरु यो महामारीलाई परास्तगर्नको लागि रास्ट्रियनियम कानुन को पालना गर्ने र हाम्रो एकता लाइ कतै बाट पनि कुनै रुपमा पुग्न सक्ने खललहरुबाट बेलैमा सजग भइ कसैको भड्काउमा नलागी संयमित हुन सकेमा अबस्य पनि बिश्व मानवले कोरोना लाइ छिटै परास्त गर्न सकिन्छ भन्ने आशा गरौ /

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter