शनिबार, ०८ बैशाख २०८१

आरडिटी परीक्षण:भारत र सऊदीअरब बाट फर्केका हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखियो

४ बैशाख २०७७, बिहीबार २१:०९ मा प्रकाशित

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।

हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । वडा नं ४ मा भने चार जनामा पोजेटिभ देखिएको परीक्षणमा संलग्न मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा ५० वर्षीया एक भारतीय महिलासहित २४, ३२ र ६७ वर्षका तीन जना पुरुष छन् । पोजेटिभ पाइएका पुरुषमध्ये २४ वर्षीय युवा साउदी अरेबियाबाट आएका थिए भने अरु भारतबाट आएका थिए । रक्त नमूनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको स्वाब सङ्कलन गरी प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा पठाइएको जनाइएको छ ।

कोरोना पोजेटिभ भेटिएका चारै जनालाई हेटौँडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिकाले विदेशबाट फर्किएकाको कोरोना परीक्षण शुरु गरेको हो । (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter