बिहिबार, १३ बैशाख २०८१

रोग भन्दा भोक त्रासदी : शमशाद आदिल

४ बैशाख २०७७, बिहीबार १३:०५ मा प्रकाशित

विश्वभर कोरोना भाइरस को संक्रमण बढ़ी रहेको छ । नेपालमा पनि करीब डेढ़ दर्जनको हाराहारीमा संक्रमित भेटिएका छन। एक महीना देखि पूरै नेपाल लकडावनको अवस्थामा छ । सीमानाकाहरू पनि बन्द छन । बजारमा पनि खाद्दान्न बस्तुहरूको पहुँच कम भई रहेको छ । अत्यावश्यक समानहरूको विक्री वितरणमा सहज भए पनि विक्रेताहरू पनि त्रसित छन। आयात को चपेटामा परेका छन। बैंकहरू बन्द छ । शहरमा केहि पसलहरु खुलेपनी

गाऊँघरका मान्छेहरू शहर सम्म पुग्न सकिरहेको अवस्था छैन।महंगाई पनि चरम स्तरमा पुग्दैछ ।
उपत्यका लगायत ठूलठूला शहरहरू बाट गाउँ तिर झर्ने क्रम जारी छ । यी यात्रीहरुलाई बाटोमा खानाको व्यवस्था गर्न असम्भव हुदैछ ।

विदेशमा कार्यरत रहेका युवाहरुको पसीनाको ख़तख़तिले अधिकांश नेपालीको चुलोमा खाना पाक्ने गर्दछ । विदेशमा समेत रहेका नेपाली युवाहरु कार्यरत रहेका कम्पनीहरू बन्द छन। त्यसले झन मान्छेहरूको मनमा भय सृजना गरिरहेको छ । साऊदी, कतार दुबई, कुवैत, मलेशिया, बहरैन, फ्रांस, जापान लगायत नेपाली कामदारको जनघनत्व बढ़ी रहेको मुलुकमा कोरोना संक्रमण तीव्र रहेकोको कारणले पनि घरपरिवारमा आफ्ना बालबच्चा प्रति अभिभावकहरू जीवन रक्षाको कामना गर्दै भावविह्वल हुदै गएका छन ।

दैनिक ज्यालादारी गरिखानेहरू सब भन्दा बढ़ी अहिले भोकको कारणले मृत्युको अकालमा पुगिन्छ की भन्ने त्रास छ ।
रोगको डरले छोए पनि प्रत्यक्षमा भोकको डरले बढ़ी चिन्तित छन । अस्ति सम्म ग्राहकको बाटो हेर्नेहरू अहिले राहत वितरकको बाटो चहार्दै छन । महामारीले मजदूरहरूमा परनिर्भरता ल्याई रहेको छ । नेपालभरीमा दैनिक ज्यालादारी गरि खानेहरुको श्रमिक संख्या १५ लाख ८६ हजार जना छन । यो सानो संख्या होइन । यसको व्यवस्थापन गर्न अत्यन्त जरूरी छ । यो संख्याको मानसिक र शारीरिक अवस्था कमजोर हुदै जान्छ । यो समूह भोकमरीको चपेटामा स्वतः आउने सम्भावना प्रबल छ ।

सरकारले तत्काल शुरू गरेको राहत वितरणको कार्यले थोरै भएपनि जनताहरुको भोकको समस्या कम गरेको छ । केहि स्थानीय निकायले भोकमरीको संकट न आओस भनि चुस्त छन यधपि कतिपय स्थानीय निकायले तीव्र गति लिन सकेका छैनन। राहत सामग्रीहरूको गुणस्तरीयतामा निकै नै कमी देखिएको छ । राजनैतिक संकीर्णता पनि हेर्न पाईएको छ । दलगत स्वार्थ झल्किएको छ ।सम्बन्धको आधारमा नामावली छनोट भई रहेको आवाज सुनिएको छ । यसले पनि अप्रत्यक्ष रुपमा जनताहरुमा निरासा छाएको छ ।

रोग बाट बच्न अपनाइने साधारण सामग्रीहरू घर घर पुग्न नसकेको समाजमा सरकारको राहत घरघर पुग्ने छ। भोकै मर्नु पर्दैन भन्ने कुरामा जनता अहिले पनि विश्वस्त भई नसकेको अवस्था छ ।।

मानिसहरूको साथै मठमन्दिर ,पर्यटकीय क्षेत्रहरू , बसपार्क, पार्कहरूको भरमा बाँची रहेका विरालो,काग, बांदर लगायत साना ठुला जनावरहरुले भोकले सताई रहेको अवस्था छ । ऊनि पनि यो लकडाउनको अवस्था हेरेर आकुलव्याकुल छन ।
अन्तमामा सबैलाई आ आफ्नो छर छिमेकमा रहेका गरीब मजदूर अथवा जोकोही भए पनि भोक नामक रोगले ग्रसित हुन नपरोस भन्ने सतर्कता अपनाई उच्च मनोबलका साथ सहयोग गर्न सक्नु पर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter