शुक्रबार, १६ चैत २०८०

कोरोनासंक्रमित महिलासँगै बसमा आएका परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखियो, १७ जनाको अत्तोपत्तो छैन

१ बैशाख २०७७, सोमबार १९:३७ मा प्रकाशित

कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।

‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । ‘बस नम्बर र ३४ जना यात्रुको खोजी गरिरहेका छौँ भेट्टाउनासाथ क्वारेन्टाइनमा राख्छौँ, उनले भने

यता, लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइँले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको बताए । ‘उनीहरुमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौँ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राराखिसकेका छौ’ उनले भने । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको बताए ।

टीकापुर अस्पतालका व्यवस्थापन समितीका अध्यक्षय दीपक रावलले आजै टिकापुर अस्पतालको एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गर्न ति महिलालाई पठाइएको जानकारी दिए ।

केही दिन पहिला काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले महिलालाई -यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको  थियो । नेगेटिभ देखाएपछि उनी लगाएत अन्यलाई पनि घर पठाइएको नगर प्रमुख बजगाइँले बताए । पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनभाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter