शुक्रबार, १६ चैत २०८०

कता गयाे हाम्राे मानवीय संवेदना ?मोहम्मद शाहिद अलि

२३ चैत्र २०७६, आईतवार १२:२० मा प्रकाशित

३ महिनादेखी अर्थात् काेराेना भाइरस फैलनु पूर्व नेपाल आएका इण्डाेनेसियन पाहुना जता लैंजादा पनि स्थानीयले लखेट्नु अति असहिष्णु, अमानवीय र, निन्दनीय कार्य हाे । जबकि प्रहरी प्रशासनले उनीहरू काेराेना संक्रमित नभएकाे पुष्टी दिंदै आएकाे छ । तथापी यस्ताे भयावह र, दुःखद घडीमा यसरी लखेट्नु नेपालकाे वास्तविक सामाजिक चरित्र हाेइन । यसले दुःखी बनायाे ।
विश्व स्वास्थ्य संगठनको भनाई अनुसार अहिले कोरोना महामारीको बेला यदि कुनै राष्ट्रमा अरु देशका नागरिक छन भने उनीहरुलाई आफ्नै देशको नागरिक सरह व्यवहार गर्न, सेवा सुविधा दिन दायित्व हो।

कतै भारतीय मिडियाकाे प्रभाव त हैन ?

सामान्य भाषामा भन्नु पर्दा याे भाइरस फैलिनेक्रममा नै नेपालबाट विभिन्न देश पुगेका हाम्रा नेपाली दाजुभाइहरू उक्त देशमा मृत्युवरण भए । त के ति देशका नागरिकद्वारा हाम्रा देशबाट जाने नेपाली दाजुभाइ प्रति पनि त्यस्तै व्यवहार हुने हाे भने हामीमा त्यसले कस्ताे असर गर्ला ?

कृपया ! कुनै पनि देशका नागरिकसँग यस्ताे व्यवहार नगराैं । यस समस्याकाे समाधानका धेरै उपायहरू छन् । त्यसमा राज्यले विशेष ध्यान दिन ज़रूरी छ । नागरिक समाज सहिष्णु बनाैं ।

उनीहरूलाई नेपाल बाेलाउने काेही जीम्मेवार संस्था छ भने कृपया ! पुनः यस्ता ग़ैरज़िम्मेवारी हर्कत नगराैं । व्यवस्थापन गर्न सकिदैन भने नेपाल बाेलाउने गल्ती नगराैं ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter