बिहिबार, ०६ बैशाख २०८१

कोरोना संकट निवारणार्थ सर्वदलीय समिति गठनको मांग : रिजवान अंसारी

१६ चैत्र २०७६, आईतवार २१:२८ मा प्रकाशित

प्रदेश र संघमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई समेटेर संकट निवारणार्थ सर्वदलीय समिति गठन गर्ने माग गरिएको छ । कोरोना भाइरसको संक्रमण नेपाल लगायत संसार भरी तीव्र गतिले बढ़ी रहदा नेपालमा संकट निवारणार्थ सर्वदलीय समितिको गठन गर्नुपर्ने पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अंसारिको मांग छ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रहेका अंसारीले आज चैत्र १६ गते पार्टीको तर्फ बाट जारी विज्ञप्तिमा ९ बुँदे मांग राख्दै सरकारको ध्यानाकर्षण गराएक छन ।
विज्ञप्तिमा दैनिक रुपमा ज्यालादारी गर्ने दैनिक खाद्यान्न व्यवस्थापन गर्नु पर्ने, मजदूरहरूको हकमा दैनिक राहत प्याकेज दिनुको साथै उपभोक्ता वर्गको लागि सेफ्टी सामग्रीको मांग गरिएको छ ।

त्यस्तै सुरक्षाकर्मी डाक्टर नर्सहरूको लागि स्वास्थ्य बीमा र जीवन बीमाको उचित व्यवस्थापन  हुनु पर्ने मांग गरिएको छ ।

सरकारले गरेको लकडाउन लगायतको नीति नियमहरुलाई अक्षरशः पालना गर्न जनमानसमा अनुरोध समेत गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter