बिहिबार, १३ बैशाख २०८१

युरोपियन नागरिक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

१४ चैत्र २०७६, शुक्रबार १४:३२ मा प्रकाशित

काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो ।

शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान  ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ । जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् ।

दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइएको थिएन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter