शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन कृष्णनगरका संचारकर्मी लाई अनुरोध:अध्यक्ष अंकुश श्रीवास्तव

९ चैत्र २०७६, आईतवार १६:४६ मा प्रकाशित

 

कृष्णनगर, कपिलवस्तु चैत्र ९

 

कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो ।

बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे।

साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै ५ वटा इन्फरारेड फारहेड थर्मामीटर हस्तांतरण गरिसकेको र आवस्यकता अनुसार अझै वितरण गर्ने समेत बताए।

प्रेस क्लब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले कोरोना भाइरस बाट बच्न सरकारले जारी गरेको निर्देशन सबैले पाल्ना गर्दै साबुन पानी ले हात धुन र भिड भाडमा नजादै कृष्णनगरका संचार कर्मी लाई समेत सावधानी अपनाउन आग्रह गरे।

प्रेस कल्ब आफ कृष्णनगर का अध्यक्ष लगायत उपाध्यक्ष निरहु यादव, कोषाध्यक्ष अनेक पाण्डे, सदस्य हरु सहवाज खान, प्रिंस मिश्र, कम्लेश चन्द्र गुप्ता, रमाशंकर तिवारी, र उक्त कल्ब का सल्लाहकार मनिष कुमार गुप्ता लगाएत को सक्रियतामा माक्स वितरण गरियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter