बिहिबार, १३ बैशाख २०८१

कृष्णनगर नाकामा सशस्त्र प्रहरी द्वारा कोभिड-१९ (नोभल कोरना भाईरस) को सहायता कक्ष स्थापना

२४ फाल्गुन २०७६, शनिबार २१:३४ मा प्रकाशित

 

अजय मिश्र, कृष्णनगर। फाल्गुन २४

फाल्गुन २३ गते देखि सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.)कपिलबस्तुबाट बिशेष गरी भारतबाट नेपालतर्फ आउने तथा स्थानिय बजारबाट आवत-जावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड-१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्ष (HELP DESK) साथै जनचेतनाको लागि कोभिड-१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ। मिति २०७६।११।२२ गते पनि सचेतना कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा स्थानिय जनता, बिभिन्न संघसंस्थाको कर्मचारी, व्यापारी, शिक्षक तथा सवाजसेवीहरुको समेत सहभागितामा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको बिशेष सक्रियतामा सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलबस्तुले संचालन गरेको छ । उक्त सहायता कक्ष (HELP DESK) मा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्य कर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाईने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter