बिहिबार, १३ बैशाख २०८१

स्वास्थ्य प्रति सचेत रहन नगरबासीलाई नगर प्रमुख शाह को अपिल

२४ फाल्गुन २०७६, शनिबार ०९:५४ मा प्रकाशित

कृष्णनगर, फागुन, २४

कपिलवस्तु को कृष्णनगर नगरपालिका ले नेपालको छिमेकी देशहरु सहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिन साबधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ ।

 

कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै नगरपालिकाले सबै नगरबासीहरुलाई साबधानी अपनाउन आग्रह गरेको हो ।

 

कोरोना भाईरसबाट बच्न स्वास्थ्यकर्मीहरुले दिईरहेका सुझाबहरुको अबलम्बन गर्दै होसियारी अपनाउन आग्रह गरिएको नगर प्रमुख रजत प्रताप शाह ले बताए.

 

साथै बजारमा औषधीजन्य बस्तुहरुको अभाव र कालोबजारी हुने गरेको गुनासो बाहिरीएको भन्दै उपभोक्ता अधिकारमा बिषेश ध्यान दिन समेत औषधी व्यवसायीहरुलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले भनेका गतिबिधीहरु भेला, सम्मेलन, सभा तथा भिडभाड नगर्न र सहभागि नहुन समेत नगरबासीलाई अपिल गरेको छ ।

 

त्यसैगरी, होली पर्वलाई पनि यसबर्ष संबेदनशिता सँग जोड्दै नखेल्न आग्रह गरेको छ । होली खेल्दा भिडभाड हुने, पानीले भिज्ने र रंगहरु दल्ने हुदा त्यसले यो अबस्थामा स्वास्थ्यलाई असर गर्ने देखिएको भन्दै सचेत गराएको छ ।

नगरवासिको स्वास्थ्य प्रति स्थानिय सरकार प्रतिबद्ध रहेको नगरपालिका ले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter