मङ्गलबार, ०६ चैत २०८०

कोरोनाबाट बच्न मास्क लगाएर बिहे !

२८ माघ २०७६, मंगलवार २०:४२ मा प्रकाशित

विवाहको दिन जीवनको खास दिनमध्ये एक हुन्छ । यसलाई लिएर मानिसहरुले सपना पनि बुनेका हुन्छन् । कपडा, गहगहना र मेकअपको तयारीमा महिनौं लगाउँछन् । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएका छन् । कारण, कोरोना भाइरस संक्रमणको डर ।

यी तस्वीर दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ गुन शहरको हो । त्यहाँको युनिफिकेश चर्चमा गत साता सयौं जोडीका लागि सामूहिक विवाह कार्यक्रम राखिएको थियो । तर विवाह समारोहमा कोरोना भाइरसको डर देखियो ।

दक्षिण कोरियामा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ । त्यसैले विवाह समारोहमा आगन्तुक मात्र होइन, बेहुलाबेहुलीसमेत मास्क लगाएर उपस्थित भएका थिए ।

 

केहीले भने मास्क लगाएका थिएनन् ।

समाचारमा जनाइएअनुसार विवाहपूर्व सबै जोडी र पाहुनाको मेडिकल टेष्ट गरिएको थियो । उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको यकीन गरिएको थियो । विहेमा सहभागी सबैलाई चर्चले नै मास्क दिएको थियो । त्यहाँ कम्तीमा पनि ३० हजार मास्क बाँडिएको समाचारमा उल्लेख छ ।

युनिफिकेश चर्चले सन् १९६० देखि यसरी सामूहिक विवाह समारोह गर्दै आएको छ र, कोरोना भाइरसको संक्रमणको क्रममा पनि यो क्रम रोकिएन ।

saabhar: onlinekhabar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter