मङ्गलबार, ०६ चैत २०८०

यूथ एन्ड इनोवेटिव विषयक तालीम सम्पन्न

१८ माघ २०७६, शनिबार १९:१६ मा प्रकाशित

युवाहरूलाई लक्षित गर्दै कन्फिडेन्स नेपालले “ यूथ एन्ड इनोवेटिव ” विषयक कार्यक्रम सम्पन्न गरेको छ ।
आज माघ १८ गते शनिवारका दिन काठमांडौको दरबारमार्ग स्थित लजिजो विरयानी क्याफेमा आयोजना गरेको कार्यक्रममा कानून पत्रकारिता विज्ञान व्यस्थापन शिक्षा चिकित्सा जस्ता क्षेत्रमा २५ जना युवा विद्यार्थीहरूको सहभागिता थियो ।

कार्यक्रमका प्रशिक्षक रहेका इरशाद अंसारीले विद्यार्थीहरुलाई प्रथमतः स्वयं आफ्नो पहिचान गर्न उकासेका थिए। विभिन्न मानसिक अभ्यास मार्फ़त विद्यार्थीहरूको क्षमता वृद्धि गर्ने कार्य गरे ।
“ म को हूँ ? आफ्नो लागि के गर्न सक्छु ? आफु स्थापित हुन क् गर्नु पर्छ? समाज परिवर्तनमा मेरो के योगदान हुन सक्छ? जस्ता विषयवस्तुको सन्दर्भमा मलाई कार्यक्रममा सहभागी भएर जानकारी भयो भन्ने कुरा कार्यक्रममा सहभागी रहेका अब्दुल करीम खानले भने।

“ सर्वप्रथम आफ्नो समाजको चौतर्फी अवस्था सङ्ग अवगत हुनु , ववयक्तिगत मजबुति र आफ्नो सम्बन्धको परिधिको विकास गरि परिवर्तन गर्न सक्ने जस्ता महत्वपूर्ण कुरा सिक्ने” अवसर प्रदान भएको मेडिकल अध्यनरत जियाउल हक खानले वताए।

कार्यक्रमका सभापति तथा आयोजक संस्था कन्फिडेन्स नेपालका अध्यक्ष शमशाद आदिलले युवाहरुको क्षमता विकासको लागि अब कार्यक्रमहरूको निरन्तरता दिने बताए ।
कन्फिडेन्स नेपालको सहसचिव अब्दुल करीमले सञ्चालन गरेको उक्त कार्यक्रमलाई मोहम्मद इश्तियाक आलमले कुरआनको तिलावत बाट उद्घाटन गरेका थिए भने शुभकामना मनतब्य ओसामा अंसारीले व्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter