बुधबार, १२ बैशाख २०८१

तीन दिवसीय “राष्ट्रिय विद्यार्थी भेला” सम्पन्न

१३ माघ २०७६, सोमबार १८:०४ मा प्रकाशित

शमशाद आदिल, काठमांडौ

विद्यार्थी शिक्षा परिषद र इस्लामी संघ नेपालको संयुक्त आयोजनामा तीन दिने “राष्ट्रिय विद्यार्थी भेला” कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ ।

कृषि विकास बैंक भक्तपुरको तालीम केन्द्रमा संचालन भएको भेलाको समापन समारोहमा प्रमुख अतिथि मौलाना खुर्शीद आलम इस्लाही ज्युले विद्यार्थीहरुलाई सुझाव दिनु भयो, सबैले आफ्नो जीवन अल्लाहको बाटोमा समर्पण गर्न आग्रह गर्नु भयो ।
करीब सत्तरी जना विद्यार्थीहरू सहभागी रहेको उक्त भेलामा
प्रमख अतिथि तथा इस्लामी संघ नेपालका अध्यक्ष इस्लाही ज्युले आफ्नो कुरामा जोड़ दिदै विद्यार्थीहरुले आफुलाई अल्लाह संग केन्द्रित भएर जीवन व्यतित गर्नु पर्न अनिवार्य रहेको भन्नु भयो । साथै समाजको भलाई विकास प्रगतिको लागि एकजुट भएर युवाहरुले अगाडि बढ्न आह्वान गर्नु भयो ।


त्यस्तै विशिष्ट अतिथि डॉक्टर शमीम खान रियाजीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो,
आफु अध्ययनरत रहेको हरेक क्षेत्रमा विद्यार्थीहरुले उत्कृष्टता हासिल गर्नु पर्ने, आजको मुस्लिम युवाहरुलाई हरेक स्थानमा प्रथम हुनु बाहेक अरु कुनै विकल्प नभएको बताउनु भयो।

त्यस्तै विशेष अतिथि तथा अलहेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष मौलाना ग़ुलाम रसूल फलाही ज्युले सभालाई सम्बोधन गर्दै भन्नु भयो , अचेल मुस्लिम समाजका व्यक्तिहरुलाई शैतानी आक्रमण बाट सुरक्षित वस्न सचेत गराउनु भयो । उहाँले आफ्नो कुरा थप्दै भने , मुस्लिमहरू एक आपसमा भाई भाई हुन। भातृत्वको भावना अनुरूप सबैलाई अगाडि बढ्नु पर्ने जिकिर गर्नुको साथै एक अर्कालाई सल्लाह सुझावको सहयोगले सकारात्मक परिवर्तन तर्फ उन्मुख हुन आग्रह गर्नु भयो।
त्यस्तै कार्यक्रमका प्रशिक्षक तथा विशेष अतिथि डॉक्टर इमरान ज्युले विद्यार्थीहरुलाई सम्बोधन गर्दै
“हरेक वर्ष योजनागत रुपमा आफ्नो उद्देश्य प्राप्त गर्न प्रयासरत रही आफ्नो आइडिया को खोजी गर्दै जानू पर्ने बताए।”
साथै विकृति विसंगति नकारात्मक कुराहरूको सधै भरी विरोध गर्न तयार हुनु आवश्यक रहेको सल्लाह दिनु भयो ।

विद्यार्थी शिक्षा परिषदका अध्यक्ष तथा कार्यक्रमका सभापति इंजीनियर एल्ताफ हुसैनले विद्यार्थी युवाहरु नै देशका कर्णाधार हुन । समृद्ध समाजको निर्माणमा युवाहरुको सहकार्य अत्यन्त अनिवार्य रहेको छ । समाजमा वयाप्त गरीबी अशिक्षा भ्रष्टाचार लगायत समस्याहरूको समाधान गर्न युवाहरुले आफ्नो सहभागिता सुनिश्चित गराउनु पर्ने जिकिर गर्नु भयो ।
साथै उनले पैगम्बर हज़रत मोहम्मद (उहाँ माथि शान्ति होस) को जीवनी समाजिक अभियन्ताको लागि प्ररेणाको स्रोतको रुपमा रहेको ठहर गर्दै उहाँको जीविनि सङ्ग प्रत्यक्ष जोडिन आग्रह समेत गर्नु भयो ।

विद्यार्थी शिक्षा परिषद शैक्षिक क्षेत्रमा विगत २५ वर्ष देखि कार्य गर्दै आएको गैरसरकारी संस्था हो।
तीन दिवसीय उक्त भेलामा नेतृत्व क्षमताको विकास, नेपालमा मुस्लिमको अवस्था, समाजिक समस्यामा विद्यार्थीको सहभागिता, आधुनिक शिक्षामा हाम्रो पहुँच जस्ता विषयमा छलफल भएको कार्यक्रमका इन्चार्ज अरमान हाशमीले जानकारी दिनु भयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter