मङ्गलबार, ०६ चैत २०८०

नेकपा-राजपालाई अंसारीको पार्टीले सघाउने

५ माघ २०७६, आईतवार १७:५१ मा प्रकाशित

यहि माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ ।

नेपाल संघीय समाजवादी पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश दुई मा नै एकजना नगरपालिका मेयर र एक जना गाउँपालिका अध्यक्ष रहेका छन।
आज भएको दुई बुँदे सहमतिपत्रमा नेकपाका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेल र कार्यालय सचिव श्रीराम पौडेल, राजपाका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र नेता राजेन्द्र महतो र नेसंसपाका तर्फबाट अध्यक्ष रिजवान अन्सारी र वरिष्ठ नेता अनन्त राईले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा सघाउनुको साथै आगामी दिनमा राजनैतिक सहमति सहकार्य गर्न पनि सहमति भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter