शुक्रबार, १६ चैत २०८०

नगरप्रमुख शाहको सराहनीय कार्य सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

२८ पुष २०७६, सोमबार २३:०५ मा प्रकाशित

कपिलवस्तु , पुस २८

कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन ।नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबाेध देवकाेटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार भित्रकाे सडक सहरी बिकास मन्त्रालयले मात्र बनाउन पाउने भएकाले हामी बीस कि .मी.मुख्य बाटाेमात्र निर्माण गर्ने बताउदै आएका थिए । गएकाे बर्ष जनवरी पचीसमा सडक विभाग र भारतीय कम्पनी दिनेश चन्द्र एवं कालिका कन्स्ट्रक्सन संयुक्तसंग सम्झाैता भई सडक सुधार तथा बिकास अायाेजना द्वारा सडक निर्माण शुरु भएकाे हाे । साे अायाेजना अन्तर्गत बीस किलोमिटर चन्द्राैटा-कृष्णनगर सडकखण्ड बनाउने तर अाठ किमी कृष्णनगर अर्बन सडक कालिका कन्स्ट्रक्सनले नबनाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक बिभाग पुगेका छन । सडक विभागका सचिव ले समझाैता अनुसार नै काम हुने बताएपछि कृष्णनगर अर्बन सडक पनि बन्ने पक्का भएकाे नगरपालिकाले जनाएकाे छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter