बिहिबार, ०६ बैशाख २०८१

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

१८ पुष २०७६, शुक्रबार १८:४६ मा प्रकाशित

टोपराज शर्मा,

१८ पुस, बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, तर हामीलाई प्राप्त सूचना अनुसार उहाँ भारततिर हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी सुनील मल्लले भने, ‘अब कानुनअनुसार पक्राउ गर्न र म्याद थप गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।’

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् । त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए । सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ । बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।

बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् । मिश्रा गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार बनेर दोस्रो धेरै मत ल्याएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् । एक सातासम्म सांसद शाहविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेपछि कृष्णनगरमा आन्दोलन समेत भएको थियो ।

saabhar: onlinekhabar

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter