शनिबार, ०८ बैशाख २०८१

इलाका प्रहरी कार्यालय कृष्णनगर को निगरानी तिब्र

१२ मंसिर २०७६, बिहीबार १६:३३ मा प्रकाशित

 

अजय मिश्र, कृष्णनगर मंसिर १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको छ। पछिल्लो समयमा प्याज को मूल्य झनै बृद्धि भएका ले प्याज तस्करी सलबलाएको स्थानीय बताउछन्। बरामद गरिएको प्याज आवश्यक कार्यवाही का लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ। भन्सार छलि गरिएको उक्त प्याज को अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपया ( २,६१,०००) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter