बिहिबार, १३ बैशाख २०८१

मुख्यमन्त्रीले उदघाटन गरेको ई-ट्वाइलेटको कथा !

९ मंसिर २०७६, सोमबार १०:२२ मा प्रकाशित

८ मंसिर, भैरहवा

लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो !

मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ?

जवाफ आयो- ई-ट्वाइलेट हो नि त यो ।

पाहुनाहरुलाई मुख्यमन्त्रीले उदघाटन गरेको शौचालयमा शौच गर्ने ईच्छा जाग्नु स्वाभाविकै हो । तर, भित्र छिर्नै लाग्दा छेउमा उभिएका रुँगालुले रोक्दै अर्को थोत्रे ट्वाइलेटतर्फ जान भने ।

किन ?

जवाफ आयो- ई-ट्वाइलेट बिग्रिएको छ, बत्ति पनि छैन ।

ई-ट्वाइलेटको छेवैमा पञ्चर भएको ट्याक्टरको अस्थिपञ्जरमाथि ‘मोबाइल शौचालय’ को डब्बा रहेछ । वर्षौंदेखि यथास्थानमै रहेको ‘मोबाइल ट्वाइलेट’मा युनेस्कोलाई देखाउनका लागि मात्रै पांग्रा लगाइएको हो कि जस्तो भान हुन्थ्यो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter