बिहिबार, १३ बैशाख २०८१

पुर्वमन्त्री अकबाल शाह द्वारा गृहमन्त्री समक्ष सत्यतथ्य छानबिन गर्न माग

१७ कार्तिक २०७६, आईतवार १३:०२ मा प्रकाशित

केयरखबर काठमांडौ
कपिलवस्तुको कृष्ण्नगर घटनाको विषयमा ध्यानाकर्षण गराउन पुर्व कृषि मन्त्री एवम व्यवस्थापिका संसद सदस्य अक्वाल अहमद शाहले गृहमन्त्री राम बहादुर थापा र गृह सचिव प्रेम राई लाई भेटेर ज्ञापनपत्र बुझाएका छन। मुस्लिम वुद्धिजिवीहरु साथमा गृहमन्त्री राम वहादुर थापा वादललाइ आज विहान ११ बजे भेट्दै निष्पक्ष छानविन गरी दोषि माथि कारवाहीको लागि ध्यान आर्कषण गराईएको छ।
पुर्व मन्त्री तथा राष्ट्रिय जनता पार्टीका नेता अकबाल शाहले कृष्णनगर घटनाले धार्मीक तथा साम्प्रादायिक सदभाव खलल पुर्याउने कार्य भएको भन्दै यस विषयमा गम्भीर वन्न समेत आग्रह गर्नु भएको छ । कृष्णनगर घटनामा घाइते भएकाहरुको यथाशीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्दै घटनामा दोषी सोनु अग्रवाल (मोदनवाल )लाई ठहर गर्दै कानुनी दायरामा ल्याउन जोड़ दिएको छ। नेपाल र नेपालीहरु विच रहदै आएको धार्मिक सहिष्णुतालाई खलल पर्ने गरि दंगा गराउन नचाहनेहरु तर्फ विषेश आकर्षण गराउदै मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षाका लागि समेत माग गरेको छ ।

भेटघाट टोलिमा नेकपाका मुस्लिम सगठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारी सहित टोलीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव प्रेम राई सङ्ग भेटवार्ता गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter