बिहिबार, ०६ बैशाख २०८१

जमाल शाह आफै हाजिर भए प्रहरी कार्यालयमा भ्रम सृजना नगर्न आग्रह

कार्तिक १६ गते

१६ कार्तिक २०७६, शनिबार १९:४० मा प्रकाशित

कृष्णानगरमा उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले जमाल शाह जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन ।आज साँझ करीब पाँच बजे आफ्नै व्यक्तिगत गाड़ी चढ़ेर कृष्णानगर बाट तौलिहवा पुगेको व्योहारा जमाल शाहका छोरा नविल शाहले केयरखबर लाई जानकारी दिएका हुन।
जमाल शाहलाई प्रहरीले समातेको हो भनेर केहि मान्छे चरित्र हत्या गरि रहेको छन, त्यो भ्रम मात्र हो।

विवादमा हाम्रो बुवालाई अनावश्यक रुपमा केन्द्र विन्दु बनाउनु समाजको लागि राम्रो नभएको नविल शाहको भनाई छ।
जमाल शाह बारे सुनियोजित तरीकाले राजनैतिक द्वेषको आडमा समाजलाई बिखण्डित पार्नु गलत रहेको उनको परिवारको भनाइ छ।
जमाल शाहले आफ्नो चरित्र हत्या भई रहेको भन्दै न्याय र वास्तविक सत्य तथ्य लाई उजागर गर्न प्रहरी अनुसन्धानमा सहयोग गर्ने माग गर्दै निवेदन सहित जिल्ला प्रहरी कार्यालय तौलिहवामा उपस्थित भएका हुन ।

कृष्णानगरमा शान्ति स्थापनाको पहल भन्दा समाजिक अलगाववादीहरुले धार्मिक विवाद सृजना लागि परेका छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter