बिहिबार, १३ बैशाख २०८१

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा तीन लाख बढीको पटका नष्ट

७ कार्तिक २०७६, बिहीबार २१:३७ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु कार्तिक ७
कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कामांडमा खटिएको टोली ले उक्त पटका बरामद गरेको थियो। विजयनगर गाउँपालिका वडा नं ४ र कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्था मा पटका बरामद गरेको छ। उक्त पटका स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी , नेपाल प्रहरी को उपस्थित मा उक्त पटका नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter