बिहिबार, ०६ बैशाख २०८१

चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

७ कार्तिक २०७६, बिहीबार १६:३० मा प्रकाशित

काठमाडौँ, ७ कात्तिक  संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैङ्गिक समानता, विधिको शासन प्रवद्र्धनजस्ता विषयमा प्रस्तुति गरिएको थियो । युवा वर्गलाई सत्मार्गमा लगाउने तथा त्यस निम्ति संयुक्त राष्ट्रसङ्को सान्दर्भिकता र युवामैत्री राष्ट्रसङ्घ विषयमा चारजना युवायुवतीले आ–आफ्ना अभिव्यक्ति दिएका थिए । यसै उपलक्ष्यमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशले दिनुभएको सङ्क्षिप्त सन्देशमा संयुक्त राष्ट्रसङ्को बडापत्रका चिरस्थायी आदर्शको परिपालना गरिरहँदा नयाँ–नयाँ समस्याले विश्व समुदायलाई गाँजिरहेको बताउनुभएको छ । उहाँले विश्व र विश्ववासी ती समस्याको सामना गर्न अभ्यस्त रहेका पनि बताउनुभएको छ । युद्धको विभिषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन ७४ वर्षअघि आजकै दिन उक्त विश्व संस्था स्थापना भएको हो । सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत सङ्घसहितका राष्ट्रले संयुक्त राष्ट्रसङ्घ स्थापनासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter