बिहिबार, १५ चैत २०८०

जडीबुटी खेती गर्ने किसान निराश

७ कार्तिक २०७६, बिहीबार १४:३७ मा प्रकाशित

भीमदत्तनगर, ७ कात्तिक  जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ । “अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै आउँथे ।” यहाँको बेदकोट नगरपालिकाको जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले रासससित भन्नुभयो, “अहिले दोहो¥याएर खेती गर्ने बेला पनि क्यामामाइलको तेल बिक्री भएन ।” उहाँले क्यामामाइल नामक जडीबुटीको तेल प्रतिलिटर रु ५५ हजारदेखि रु ६० हजारसम्म बिक्री हुने गरेको बताउनुभयो । बेदको नगरपालिका–६ धरमपुरका ४० जनाभन्दा बढी किसानले उत्पादन गरेको जडीबुटीको तेल बिक्री नभएको बोहराको भनाइ छ । त्यसैगरी धरपुरकै किसान धनबहादुर बोहराले तीन बिघामा क्यामामाइल खेती गरेको बताउनुभयो । “अन्न खेतीबाट जडीबुटीमा लागें” बोहराले भन्नुभयो, “उत्पादन गरेको तेल धन्किदा गुजारा चलाउन मुश्किल पर्ला जस्तो छ ।” उहाँले दुई बिघा जमीन भाडामा लिएर जडीबुटी खेती गरिरहेको बताउनुभयो । यहाँका किसानहरु बिगत नौ वर्षदेखि जडीबुटीको खेती गरिरहेका छन् । “गाउँमा तेलमा दलाली गर्नेहरु आएपनि तेल खरीद गर्ने व्यापारी भने आएका छैनन् ।” बोहराले भन्नुभयो, “तेलमा कमिसन खान खोज्नेहरु सक्रिय छन् ।” यहाँका नौ वटै स्थानीय तह र विभिन्न सामुदायिक वन गरी दुई हजार ५३० कठ्ठामा क्यामामाइल खेती हुँदै आएको तथ्याङ्कमा देखिन्छ । उत्पादित जडिबुटीको तेल कस्मेटिक सामग्री र औषधिमा प्रयोग हुने गरेको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामराज भट्टले भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको बताउनुभयो । “यहाँका भन्सार नाकाबाट बढी निर्यात हुने नै क्यामामाइलको तेल हो”, उहाँले भन्नुभयो, “तर अहिले भारतीय बजारहरुमा पनि यसको माग घट्दो अवस्थामा छ ।” यहाँका जडीबुटी खेतीमा जिल्लाभरि ५०० भन्दा बढी किसान आबद्ध छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter