बिहिबार, १३ बैशाख २०८१

जेसिबी पल्टिदा एकको मृत्यु

७ कार्तिक २०७६, बिहीबार १२:५५ मा प्रकाशित

रुकुमपूर्व, ७ कात्तिक    जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । अर्को डोजर लगेर बुढाको शव निकालिएको र शव परीक्षणका लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको उहाँले जानकारी गराउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter