बिहिबार, १३ बैशाख २०८१

माछापोखरीमा मृत फेला

७ कार्तिक २०७६, बिहीबार १२:१५ मा प्रकाशित

भरतपुर, ७ कात्तिक  चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter