बिहिबार, १५ चैत २०८०

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

७ कार्तिक २०७६, बिहीबार १२:०९ मा प्रकाशित

बैतडी, ७ कात्तिक  स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिनुभयो । स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । मृतकको पहिचान खुल्यो महाकाली राजमार्गमा भएको ट्रक दुर्घटनामा परी मृत्यु भएका नागरिकको पहिचान खुलेको छ । मृत्यु हुनेमा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । ट्रकमा चालक मात्रै रहेको बुझिएको छ । धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से१ख १९२३ नंको मिनीट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान दुर्घटनामा परेको थियो । ट्रक सडकबाट २०० मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter