शुक्रबार, ०७ बैशाख २०८१

महतो फ्युल सेन्टरमा शिलबन्दी

७ कार्तिक २०७६, बिहीबार ११:५० मा प्रकाशित

लहान, ७ कात्तिक  सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला पारेपछि शिलबन्दी गरी विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिनुभयो । उक्त फ्युल सेन्टरको डिस्प्ले युनिट नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको जिम्मामा रहने गरी शिलबन्दी गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । फरार दुई पक्राउ सरकारी छाप, दस्तखत कीर्ते र ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा फरार सिरहाको साविक सिलोर्वा पछवारी गाविस–५ का ६० वर्षीय जुगे यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहा नगरपालिका– १९ का ८३ वर्षीय राम उदगार जगत दुसाधलाई प्रहरीले गएराति पक्राउ गरेको हो । प्रहरी चौकी सन्हैठा र प्रहरी चौकी सिलौर्वा पछवारीबाट खटिएको प्रहरी गस्ती टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसेको अवस्थामा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका दुसाधलाई ज्यान मार्ने उद्योग मुद्दामा कसुरदार ठहर गर्दै जिल्ला अदालत सिरहाले तीन महीना १८ दिन कैद यसअघि नै तोकिएको थियो । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । लागुऔषधसहित तामाङ पक्राउ ठूलो परिमाणमा लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ पटेर्वाबाट एक जनालाई पक्राउ गरेको छ । भारतीय बजारबाट स१०प ६८९७ नंको २२० पल्सर मोटरसाइकलमा सिरहातर्फ आउँदै गरेका उदयपुरको कटारी नगरपालिका–३ का ४५ वर्षीय विजेन्द्र तामाङलाई लागुऔषसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter