मङ्गलबार, ०९ मङि्सर २०७७

विभिन्न मुद्दामा फरार पाँच पक्राउ

६ कार्तिक २०७६, बुधबार १३:१६ मा प्रकाशित

लहान, ६ कात्तिक  विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७ निवासी २६ वर्षीय बालकृष्ण मुखिया र वडा नं ५ निवासी ६० वर्षीया लखिपतदेवी साहलाई प्रहरीले एकै दिन पक्राउ गरेको हो । पक्राउ परेका महरा र मुखिया कुटपिट मुद्दाको फरार अभियुक्त हुन् भने गडेरी चोरी तथा बालकृष्ण मुखिया र लखिपतदेवी साह लेनदेन मुद्दामा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter