बिहिबार, ०६ बैशाख २०८१

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा ः अध्यक्ष दाहाल

५ कार्तिक २०७६, मंगलवार १५:५० मा प्रकाशित

फिदिम, ५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।” अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पु¥याउने घटना भएको उल्लेख गर्नुभयो । सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुङ्ग््याउने विषयमा समझादारी भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताउनुभयो । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उहाँको भनाइ छ । पत्रकारहरुको जिज्ञासामा उहाँले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताउनुभयो । अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पु¥याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल फिदिम आइपुग्नुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter