मङ्गलबार, ११ बैशाख २०८१

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान

५ कार्तिक २०७६, मंगलवार १०:४५ मा प्रकाशित

पर्वत, ५ कात्तिक  लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । फलेवास नगरपालिका–९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराउनुभएको हो । साविक भँगरा गाविस वडा नं ४ मा रहेको तीन रोपनी जग्गा प्रहरी चौकीको भवनका लागि निःशुल्करूपमा उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी चौकी निर्माण गर्न सार्वजनिक जग्गासमेत नभएकाले अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । क्षेत्रीले रु पाँच लाख बराबरको जग्गा उपलब्ध गराएको बताउनुभयो । उक्त जग्गा सोमबार क्षेत्रीले जिल्ला मालपोत कार्यालयबाट प्रहरी चौकीको नाममा पास गरिदिनुभएको हो । उहाँले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अर्याललाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter