बिहिबार, ०६ बैशाख २०८१

साह अध्यक्षमा चयन

३ कार्तिक २०७६, आईतवार १०:५९ मा प्रकाशित

जनकपुरधाम, ३ कात्तिक  नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव हुनुहुन्छ । त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन हुनुभएको छ । सङ्घका निर्वाचन अधिकृत किशोरी साहका अनुसार प्रारम्भमा विभिन्न पदमा २६ जनाले उम्मेदवारी दर्ता गराउनुभएकोमा १७ जनाले उम्मेदवारी फिर्ता लिनुभएकाले आवश्यक पद सङ्ख्यामा मात्र निर्वाचनका लागि मनोनयनपत्र दर्ता रहन गएकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter