बिहिबार, १५ चैत २०८०

आगलागीबाट क्षति

२९ आश्विन २०७६, बुधबार १०:४३ मा प्रकाशित

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीबाट सुन आधा तोला, चाँदी ४० तोला, मोबाइल दुई थान, पासपोर्ट एक थान, लत्ताकपडा, फर्निचर, अन्नपात र नगद रु २५ हजार गरी रु तीन लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा ७ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter