बिहिबार, १५ चैत २०८०

गलकोटमा फूलखेती

२८ आश्विन २०७६, मंगलवार १५:५९ मा प्रकाशित

बागलुङ, २८ असोज  गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताउनुभयो । “अहिले एउटा टनेलमा मात्र फूलखेती छ”, उहाँले भन्नुभयो, “तीन महीनामै तयार भयो, केही बेच्यौँ ।” मासिक रु एक हजारमा जग्गा भाडामा लिई फूलखेती गरिएको उहाँको भनाइ थियो । फूलखेतीमा रु ३५ हजार लगानी परेको छ । अहिले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन भइरहेको छ । मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए । “तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरु ग¥र्यौँ”, समूहका सदस्य मीना श्रेष्ठले भन्नुभयो, “फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।” समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् । चार÷पाँच रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो रु दुई सय, तयारी माला रु एक सय र बिरुवा रु २० मा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ । समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ । खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पु¥याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले रु एक लाख बजेट छुट्टाएको थियो । “परीक्षणस्वरुप गरिएको फूलखेती सफल भएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter