शुक्रबार, ०७ बैशाख २०८१

विद्यालयमा तालाबन्दी

२८ आश्विन २०७६, मंगलवार १४:४३ मा प्रकाशित

लहान, २८ असोज    विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो विद्यालयमा तालाबन्दी गरेका हुन् । उमेर हद नाघे पनि सिंहलाई नियुक्ति दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा स्थानीयले विद्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । विद्यालयको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ । यता विद्यालयका प्राधानाध्यापक घुरन यादवले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter