शुक्रबार, ०७ बैशाख २०८१

अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार प्राडा लुइँटेललाई

२८ आश्विन २०७६, मंगलवार ११:०८ मा प्रकाशित

काठमाडौँ, २८ असोज  यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ ।तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा डा लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रियकरणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रुपमा लागेर आप्रवासमा नेपाली भाषा, साहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरणमा गरेको भूमिकाका आधारमा यस्तो निर्णय गरिएको उक्त समितिले जनाएको छ । अमेरिकाको क्यालफोर्निया निवासी लामाले स्थापना गर्नुभएको सो पुरस्कार यसअघि सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । आगामी नोबेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter