शनिबार, ०८ बैशाख २०८१

इको टुरिजम उद्यान सञ्चालनमा

२८ आश्विन २०७६, मंगलवार ११:०३ मा प्रकाशित

भरतपुर,२८ असोज  पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार उद्यान शिलान्यास गर्नुभएको हो ।वनको आयआर्जनका लागि रु पाँच करोडको लागमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण गर्न लागिएको छ । उद्यान परिसरमा स्वीमिङ पुल, बाल उद्यान, फूलको बगैँचा, पानीको फोहोरा, वनभोजस्थल, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिनुभयो । उद्यान निर्माणको जिम्मा पाएको सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सन प्रालिले १८ महीनाभित्र निर्माण गर्नेगरी सम्झौता गरेको छ ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्यान निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter