मङ्गलबार, ११ बैशाख २०८१

चीनसँगको सम्बन्ध नयाँ उचाइमा ,, प्रधानमन्त्री

२६ आश्विन २०७६, आईतवार १९:५७ मा प्रकाशित

काठमाडौँ, २६ असोज,,  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।” प्रधानमन्त्री ओलीले टुइटरमा लेख्नुभएको छ, “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी आज स्वदेश फर्कनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter