मङ्गलबार, ११ बैशाख २०८१

सी काठमाडौं आउँदा साढे २ घण्टा विमानस्थल बन्द

२५ आश्विन २०७६, शनिबार १४:२९ मा प्रकाशित

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने समयमा साढे दुई घण्टा विमानस्थल बन्द हुने भएको छ ।

विमानस्थलको नागरिक उड्डयन कार्यालयले भीभीआईपी मुभमेन्टका लागि भन्दै दिउँसो २ः५५ देखि ५:२५ सम्मका लागि ‘नोटिस टु एयरम्यान’ (नोटाम) जारी गरेको छ ।

आइतबार पनि सी फर्किने समयममा साढे २ घटाका लागि उडान अवतरण बन्द गरिने छ । आइतबार ११ः२० देखि १ः५० बजेसम्मका लागि नोटाम जारी भएको छ ।

नोटामले उडान तालिका प्रभावित भए पनि त्यसबाहेकको समयममा दुई दिन २४ घण्टा नै विमानस्थल सञ्चालनमा रहने कार्यालयले जनाएको छ । ट्याक्सी–वे को मर्मतका लागि केही समयदेखि विमानस्थल राति १० बजेबाट विहान ८ बजेसम्म बन्द गर्ने गरिएको छ ।

तर शनिबार र आइबतार भने नोटामबाहेक सबै समयममा विमानस्थल खुला रहनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter