बिहिबार, १५ चैत २०८०

सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा

१६ आश्विन २०७६, बिहीबार १२:०६ मा प्रकाशित

मिक्लाजुङ, १६ असोज    सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउनुभयो । उहाँका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर एक लाख ३२ हजार कफीको बिरुवा तयार पारिएको छ । तयार पारिएको उक्त कफीको बिरुवा १४ महीना पछि मात्रै रोप्नयोग्य हुने भएको हुँदा आगामी २०७७ जेठतिर कृषकलाई समूहमार्फत् वितरण गरिने भएको छ । उक्त कम्पनीले कृषकले उत्पादन गरेको कफी बोटबाटै काँचैमा प्रतिकिलो रु १०० का दरले खरीद गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खा क्षेत्र रहेको पालिकामा उब्जाउ कमै हुने र बाली पनि समयमा पानी नपर्दा खडेरीले सखाप पार्ने हुँदा कृषकलाई वर्षभरि खान नपुग्ने भएकाले यस क्षेत्रका स्थानीय बसाई सर्न थालेका छन्, त्यसैले व्यावसायिक कफीखेती गरेर आत्मनिर्भर बन्न सकून् भनेर कफीको बिरुवा वितरण गर्न लागेका हौ ।” उहाँले यस क्षेत्रका स्थानीयले कफी खेती गर्ने गरेकोमा उत्पादन भएको कफी नबिक्ने गरेको उल्लेख गर्नुभयो । “उत्पादित कफी कम्पनीले बिक्री गर्ने भएकोले बजारको समस्या हुँदैन,” अध्यक्ष थापाले भन्नभुयो । । यस्तै एक वर्ष अघि कृषकलाई किबी र मुस्ताङे स्याउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले बताउनुभयो । गाउँपालिकाको ४ र ५ नम्बर वडामा रोपिएको स्याउ र किबीमध्ये किबी भने यसैपल्टबाट फल दिन थालेको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter