शुक्रबार, ०७ बैशाख २०८१

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

१५ आश्विन २०७६, बुधबार १४:०१ मा प्रकाशित

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले जापानी दूतावासमा आयोजित कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको विद्यालयले जनाएको छ । प्रदेश ३ का प्रदेशसभाका प्रमुख प्रतिपक्षीदलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजदूतावासले राक्सीराङ २ सरिखेत कुंँडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र स्नानकक्षसहितको ६ कोठे भवन बनाउन रु एक करोड सहयोग गरेको जनाइएको छ । विकट क्षेत्रमा रहेको यस विद्यालयमा कक्षा–८ सम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्ने प्रजाप्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter